Rumpum Advertisement

नगरसभामा सहभागी भएका वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
नगरसभामा सहभागी भएका वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि

अछाम, १७ असार । अछाममा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–११ देवस्थानका वडाअध्यक्षलाई कोरोना पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा एक सय २४ जनाको स्वाब परीक्षणमा ४८ वर्षका वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो । निरन्तर रूपमा डेढ महिनादेखि भारतबाट आएका व्यक्तिको सेवा, क्वारेनटाइन व्यवस्थापन लगायतका कार्यमा खटिएको उनलाई कोरोना पुष्टि भएको नगरप्रमुख कुलबहादुर कुँवरले बताए ।

उनले पनि आफूलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएको स्वीकार गरेका छन् । अहिले वडाको क्वारेन्टाइनमा बसिरहेका उनको स्वास्थ्यावस्था सामान्य रहेको छ । उनी १० असारमा सम्पन्न नगरपालिकाको नगरसभामा पनि सहभागी भएका थिए ।

उनमा संक्रमण देखिएपछि नगरसभामा सहभागी अन्य व्यक्तिको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने भएको छ ।