Rumpum Advertisement

आइसोलेसनमा मृत्यु भएका सदाको परिवारलाई सरकारले पाँच लाख दिने

Neuro Revised Adv
Koshi Dashain ad
आइसोलेसनमा मृत्यु भएका सदाको परिवारलाई सरकारले पाँच लाख दिने

धनुषा, १२ असार । जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख सहयोग गर्ने भएको छ ।

सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले शुक्रबार जानकारी दिए ।

घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको र छानबिनमा दोषी देखिनेलाई कारवाही गरिने उनले बताए ।

३ जेठमा भारतको अहमदावादबाट आएका सदा गाउँकै क्वारेन्टिनमा बसेका थिए । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला भएपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो ।

त्यही उनको स्वाब संकलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ सोमबार मृत्यु भएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमै उपचार नपाएर सदाको मृत्यु भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । समितिले सात दिनको म्याद पाएको छ ।

समितिको संयोजकमा स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह र सदस्यमा प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा नवल किशोर झा र मन्त्रालयका महाशाखा प्रमुख दिलीपकुमार प्रधान रहेका छन् ।