Rumpum Advertisement

चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक-एक लाख

Neuro Revised Adv
Koshi Dashain ad
चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक-एक लाख

राजविराज, १२ असार । दुई नम्बर प्रदेश सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई रु एक–एक लाख दिने घोषणा गरेको छ ।

बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश सरकारले रु एकरएक लाख दिने घोषणा गरेको प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियो ।

जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।