Rumpum Advertisement

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३३५

Neuro Revised Adv
Koshi Dashain ad
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३३५

सुर्खेत, १० असार । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३३५ पुगेको छ । थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ३३५ पुगेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

थपिएका संक्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक-एकजना रहेका छन् । यस्तै अन्य सङ्क्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक÷एक जना रहेको महाशाखा प्रमुख डा. तिवारीले बताए । रासस