Rumpum Advertisement

सप्तरीका ७१ जनाले जिते कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
सप्तरीका ७१ जनाले जिते कोरोना

राजविराज, ७ असार । सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरूबाट आएका कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ७१ जना निको भएका छन् । शनिबार साँझ थप १४ जना निको भएसँगै सप्तरीमा कोरोना जित्नेको संख्या ७१ पुगेको हो ।

शनिबार साँझ एक महिलासहित १४ जनाले कोरोना जितेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) व्यवस्थापन समितिका संयोजक डा. झाका अनुसार छिन्नमस्ता गाउँपालिकाका ५, राजविराज नगरपालिकाबाट ३ जना, हनुमाननगर कंकालिनी नगरपालिकाबाट ५ जना र शम्भुनाथ नगरपालिकाबाट आइसोलेसनमा भर्ना भएकाहरू निको भएर घर फर्केका छन् ।

सप्तरीमा १ सय ५४ हालसम्म आइसोलेसनमा भर्ना भएका छन् । हाल ८३ जना उपचारको क्रममा रहेका छन् ।