Rumpum Advertisement

संक्रमितसँगै बसेका ६२ जना कोरोना रिपोर्ट नआउँदै घर फर्किए

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमितसँगै बसेका ६२ जना कोरोना रिपोर्ट नआउँदै घर फर्किए

बाजुरा, ४ असार । कोरोना संक्रमितसँगै क्वारेन्टाइनमा बसेका ६२ जनालाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएकाे छ । बाजुराको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टाइनमा बसेका ६२ जनालाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको हो ।

कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पीसीआर रिपोर्ट नआउँदै नगरपालिकाले घर पठाएपछि स्थानीयवासी आक्रोशित बनेका छन ।

धुरालसैन माविको क्वारेन्टाइनमा बस्ने १८७ जनाको पिसीआर जाँचका लागि धनगढी पठाइएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाएको नगरपालिकाले जनाएकाे छ ।

रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको हो ।

जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा रहेका १७२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशालामा थन्किएको स्वाबको बुधबार साँझ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत प्रमुख दयाकृष्ण पन्तले बताए ।