Rumpum Advertisement

कोरोनाबाट यातायात व्यवसायीको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाबाट यातायात व्यवसायीको मृत्यु

धनगढी, ४ असार । कोरोना भाइरस संक्रमणबाट यातायात व्यवसायीको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको आईसीयुमा उपचार भइरहेका कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिका निवासी ४६ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले स्वास्थ्य अवस्था जटिल बन्दैगएपछि आईसीयुमा राखेर उपचार भइरहेका ती पुरुषको गएराति मृत्यु भएको जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं पठाउन एयर एम्बुलेन्सको ब्यस्थापन भइरहेको थियो । चिकित्सकको पुरै टोली बचाउन लागिपरेको थियो, त्यही अवस्थामा उनको मृत्यु भयो ।’

गत शनिवार कोरोना संक्रमण पुष्टि भएका ती पुरुष यातायात ब्यवसायी भएको खुलेको छ । शव ब्यवस्थापनको काम नेपाली सेनाको टोली गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कैलालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि धनगढी ४ की एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।