Rumpum Advertisement

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या २३ सय नाघ्यो

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या २३ सय नाघ्यो

जनकपुर, ३ असार । प्रदेश नं २ मा कोरोना भाइरस संक्रमितको संख्या २३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ संक्रमित थपिएपछि प्रदेश नं २ मा संक्रमितको संख्या दुई हजार ३६७ पुगेको हो ।

सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ संक्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

यस प्रदेशबाट मंगलबार २८ संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म संक्रमितमध्येबाट ५०६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा घिमिरेले बताए ।

प्रदेशमा अहिलेसम्म ३४ हजार ४४५ को स्वाब संकलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ ।

अहिलेसम्म १५ हजार ७३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ ।

प्रदेशअन्तर्गतका ४३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३३१, होम क्वारेन्टिनमा १४ हजार ५७९ र आइसोलेसनमा ९३९ जना बसेका छन् ।