Rumpum Advertisement

११ महिने बालकले जिते कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
११ महिने बालकले जिते कोरोना

कञ्चनपुर, २ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने बालक कोरोना भाइरसमुक्त भएका छन् । महाकाली अस्पतालमा उपचारपछि ११ महिने बालक सुशांक सुनार सोमबार डिस्चार्ज भएका हुन् ।

आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएसँगैसुनारलाई डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरे ।

अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका–२ का ५० वर्षीय, महाकाली नगरपालिका–३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो । अस्पतालमा ३० कोरोना संक्रमित उपचाररत छन् ।