Rumpum Advertisement

२ नम्बर प्रदेशको बजेट ३३ अर्ब ५६ करोड

Neuro Revised Adv
Koshi Dashain ad
२ नम्बर प्रदेशको बजेट ३३ अर्ब ५६ करोड

जनकपुर, १ असार । आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सोमबार प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्ष भन्दा ५ अर्ब १६ करोड कम हो ।

बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

पूँजीगततर्फ १७ अर्ब, ९७ करोड ८२ लाख, ९१ हजार र वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।