Rumpum Advertisement

खेलकुद क्षेत्रमा ३० करोड बजेट

Neuro Revised Adv
Koshi Dashain ad
खेलकुद क्षेत्रमा ३० करोड बजेट

विराटनगर, १ असार । प्रादेशिक एवम् जिल्ला र स्थानीय तहसम्मका खेलकुदका आवश्यक पूर्वाधारहरूका स्तरोन्नती र निर्माण कार्यका लागि जोड दिइने भएको छ भने धरानमा खेलकद गार्म निर्माण गरिने भएको छ ।

साेमबार प्रदेश १ काे बजेट भाषणमा अर्थमन्त्री इन्द्रबहादुर आङ्बाेले खेलकुद क्षेत्रको विकासलाई विशेष प्राथमितामा राख्दै निर्माणाधीन विकासका कार्यलाई निरन्तरता दिन र बिस्तारका लागि ३० करोड विनियोजन गरिएको जानकारी दिए ।

प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गरिने भएको छ । प्रदेशस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।

विराटनरस्थित शहीद मैदानमा सुरु गरिएको फ्लडलाईट जडान कार्य यसै वर्ष पूरा गरिने भएको छ ।