Rumpum Advertisement

डडेलधुरामा पहिलोपटक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
डडेलधुरामा पहिलोपटक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि

डडेलधुरा, १ असार । डडेलधुरामा शनिबार कोरोना संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको छ ।

योसँगै जिल्लामा पहिलोपटक स्टाफ नर्समा कोरोनासंक्रमण देखिएको छ ।

जिल्ला सदरमुकामस्थित डडेलधुरा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए ।

अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन ।

अस्पतालमा कार्यरत ११ जना चिकित्सक र स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।