Rumpum Advertisement

जनगायक जेबी टुहुरेको नाममा स्थापित भवनको शिल्यान्यास

Neuro Revised Adv
Koshi Dashain ad
जनगायक जेबी टुहुरेको नाममा स्थापित भवनको शिल्यान्यास

इटहरी, ३० जेठ । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी–१० मा भवनको शिल्यान्यास गरेका हुन् ।

नेकपा इटहरी अध्यक्ष बहादुर सिंह तामाङ र फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेलगायतको उपस्थितिमा भवन शिल्यान्यास गरिएको हो ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख र ८ लाखको जनश्रमदानमा निर्माण कार्य अघि बढेको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

उनका अनुसार इटहरी उपमहानगर कार्यपालिकाको बैठकले निर्णय गरेर वडा नम्बर १० मा जग्गा उपलब्ध भएको हो । त्यहाँ स्टुडियोसहितको संगीत प्रतिष्ठान निर्माण गरिने उनले जानकारी गराइन् ।