Rumpum Advertisement

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक जना मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक जना मृत्यु

सर्लाही, ३० जेठ । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सशस्त्रले चलाएको गोली लागेर भारत सितामाडी पिप्रापर्सानीका २७ वर्षका विकेश कुमारको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठका अनुसार सर्लाहीको पर्सा गाउँपालिका नारायणपुर नाकामा भारतबाट सामान नेपाल ल्याउँदै गर्दा सशस्त्र प्रहरीको हतियार खोस्ने क्रममा झडप भएको हो ।

नेपाल प्रवेश गर्न नदिएपछि भारतीय नागरिकहरूले सशस्त्र प्रहरीमाथि हातपात गर्नुको साथै हतियारसमेत खोसेका थिए । प्रहरीको हतियार लिएर भाग्दै गर्दा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई रोकेपछि उनीहरूले प्रहरी बस्न बनाइएको टेन्टसमेत तोडफोड गरेका थिए ।

त्यसपछि सशस्त्रले १० राउण्ड हवाई फायर गरेको थियो । तर, हवाई फायरले भिड नियन्त्रण हुन नसकेपछि ५ राउण्ड गोलीसमेत चलाएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी भारतीयहरूको आक्रमणमा परेर एक जवानसमेत घाइते भएका छन् । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

यता, प्रहरीको गोली लागेर ५ जना भारतीय नागरिक घाइते भएका छन् । घाइतेहरूलाई भारतीयहरूले बोकेर भागेकाले के कतिजना घाइते भएको यकिन हुन सकेको छैन् ।