Rumpum Advertisement

डोटीका पहिलो कोरोना संक्रमित निको भए

Neuro Revised Adv
Koshi Dashain ad
डोटीका पहिलो कोरोना संक्रमित निको भए

डाेटी, ३० जेठ । डाेटीको पहिलो कोरोना भाइरस सङ्क्रमित निकाइ अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ ।

भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका-३ का २५ वर्षीय युवक १५ दिन आइसोलेशनमा बसेका थिए ।

अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा ज्योति पाण्डेले बताइन् ।

“सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उहाँमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ,” उनले भनिन् ।

सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसअघि उहाँका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पिसिआर परीक्षण गरिएको थियो ।

दुवैकोे नतिजा नेगेटिभ देखिएको थियो । डोटीका थप पाँचजना अन्य सङ्क्रमित आइसोलेशनमा राखिएको छ । रासस