Rumpum Advertisement

श्वासप्रश्वासमा समस्या देखिएपछि नगरप्रमुख मलासीलाई हेलकप्टरमा राखेर काठमाडाैं लगियो

Neuro Revised Adv
Koshi Dashain ad
श्वासप्रश्वासमा समस्या देखिएपछि नगरप्रमुख मलासीलाई हेलकप्टरमा राखेर काठमाडाैं लगियो

डाेटी, ३० जेठ । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई काठमाडौँ लगिएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडाैं लगिएकाे हाे ।

उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् ।

उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौँ लगिएको बताइएको छ ।

चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहनुभएकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको उहाँका स्वकीय सचिव रवीन्द्र जोशीले बताए ।

“क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा उहाँलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाडौँ लगिएको हो” उनले भने ।

नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएको उनका श्रीमान् कृष्ण मलासीले जानकारी दिए । रासस