Rumpum Advertisement

हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

डडेल्धुरा, २९ जेठ । डडेल्धुरामा हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् ।

गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा २४ वर्षीय रोशनराज गिरी पक्राउ परेका हुन् ।

सो गाउँपालिकाको कुँवरगाउँ बस्ने गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठ (मुसल)ले बुधबार राति टाउकोमा हिर्काएका थिए ।

घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जङ्गलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । रासस