Rumpum Advertisement

क्वारेन्टाइनका सरसामान बोकेर ४० जना भागे

Neuro Revised Adv
Koshi Dashain ad
क्वारेन्टाइनका सरसामान बोकेर ४० जना भागे

महोत्तरी, २७ जेठ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामानसहित ४० जना फरार भएका छन् ।

भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी–७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरू क्वारेन्टाइनमा आफूहरूलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।


उनीहरू छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।

उनीहरू क्वारेन्टाइनबाट भागेको जानकारी लिखित रूपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए । रासस