Rumpum Advertisement

बारा, पर्सा र रौतहटका १९ जनामा कोरोना संक्रमण पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
बारा, पर्सा र रौतहटका १९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, २६ जेठ । दुई नम्बर प्रदेशका बारा, पर्सा र रौतहटका थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सोमबार बिहान १९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार पर्सा जगरनाथपुरस्थित सन्ठी क्वारेन्टाइनमा रहेका एक महिलासहित आठ जना, बाराको पचरौता हर्दिया क्वारेन्टाइनमा रहेका सात जना र रौतहटको गढीमाई क्वारेन्टाइनमा रहेका चार जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित १९ जना सबै भारतका विभिन्न स्थानबाट नेपाल भित्रिएका व्यक्तिहरू भएको र उनीहरूलाई सिधै क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।