Rumpum Advertisement

कोरोना रिपोर्ट नआउँदै पाँचजनालाई क्वारेन्टाइनबाट छोडियो, पोजिटिभ आएपछि प्रहरीद्वारा पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना रिपोर्ट नआउँदै पाँचजनालाई क्वारेन्टाइनबाट छोडियो, पोजिटिभ आएपछि प्रहरीद्वारा पक्राउ

महोत्तरी, २५ जेठ । कोरोना भाइरस परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरूलाई घरबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको बताइएको छ ।

पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टिनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टिनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना रहेका छन् ।

उनीहरूलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । रासस