Rumpum Advertisement

क्वारेन्टाइनमा बसेका दुईजनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
क्वारेन्टाइनमा बसेका दुईजनाको मृत्यु

काठमाडौं, २५ जेठ । डोटी र बैतडीको क्वारेन्टाइनमा बसेका दुईजनाको मृत्यु भएको छ ।

डोटीको केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको र बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका ३१ वर्षीय युवकको मृत्यु भएको हो ।

दुबैजना भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए । उनीहरूकाे काेराेना परीक्षण रिपाेर्ट आउन बाकीँ छ । केआइसिंह गाउँपालिका वडा ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो ।

उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसींं ऐरले बताए ।

भारतको दिल्लीबाट उनी २० जेठमा आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियाे ।

बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए ।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए ।

एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए ।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

२० जेठमा पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको थियो ।

पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । रासस