Rumpum Advertisement

क्वारेन्टाइनमा बसेकालाई दैनिक २०० भत्ता

Neuro Revised Adv
Koshi Dashain ad
क्वारेन्टाइनमा बसेकालाई दैनिक २०० भत्ता

डडेल्धुरा, २० जेठ । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टाइन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ ।

१४ जेठको निर्णयअनुसार नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।

डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाइएका क्वारेन्टाइनमा सबै नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टिनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आआफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक रु २०० का दरले भत्ता दिने गरिएको उनले बताए ।

अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ क्वारेन्टाइनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिए । रासस