Rumpum Advertisement

बाढीले दुई मजदुरलाई बगायो

Neuro Revised Adv
Koshi Dashain ad
बाढीले दुई मजदुरलाई बगायो

डोटी, १९ जेठ । भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कैलालीको चुरे गाउँपालिका–१ मिलनपुर नजिकै पातली खोलाको किनारमा पाल टाँगेर बसेका सहजपुर बोगटान सडक खण्डमा काम गर्ने दुई जना मजदुरलाई गएराति बाढीले बगाउँदा बेपत्ता भएका हुन् ।

बाढीले बगाएर बेपत्ता हुनेमा कञ्चनपुर गुलरिया नगरपालिका–४ का ४५ वर्षीय कमल थापा र सोही नगरपालिकाका २४ वर्षीय गोपाल कामी रहेकाे उनले जानकारी दिए ।

दुवै जनाको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय फल्टुडेबाट प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । रासस