Rumpum Advertisement

महोत्तरीमा भैंसी चराउन गएका एक व्यक्तिको चट्याङ लागेर मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
महोत्तरीमा भैंसी चराउन गएका एक व्यक्तिको चट्याङ लागेर मृत्यु

महोत्तरी, १९ जेठ । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा ५५ वर्षीय इन्दल यादव रहेका छन् ।

गाउँबाहिरको चौरमा भैँसी चराउन गएका यादवको आज बिहान करिब १० बजे भारी वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाइएको छ । रासस