Rumpum Advertisement

सुत्केरीको मृत्यु, नवजात शिशुको अवस्था सामान्य

Neuro Ad
सुत्केरीको मृत्यु, नवजात शिशुको अवस्था सामान्य


डोटी, १८ जेठ । डाेटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले जानकारी दिए ।

मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो ।

सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नवजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ । रासस