Rumpum Advertisement

यौन प्रस्ताव प्रतिकारगर्दा अमानविय यातना पाएकी दलित महिलाको जाहेरी अझै दर्ता भएन

Neuro Revised Adv
Koshi Dashain ad
यौन प्रस्ताव प्रतिकारगर्दा अमानविय यातना पाएकी  दलित महिलाको जाहेरी अझै दर्ता भएन

विराटनगर , १७ जेठ । अबैध यौनसम्पर्कको प्रस्ताव प्रतिकारगर्दा मरणासन्न कुटिएकी दलित महिलाको जाहेरी दर्ता नगरि प्रहरीले आरोपीलाई छाडिदिएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित सिसबाकटीका २४ बर्षिय गान्धी साहको अबैध यौन सम्पर्कको प्रस्ताव अस्विकारगर्दा मरणासन्न कुटिएकी सोही ठाउँकी २२ बर्षिया रिंकु महराको किटानी जाहेरी दर्ता नगरि प्रहरीले आरोपीलाई छाडिदिएको हो ।

गान्धी साहले १० बैसाख साँझ यौन सम्पर्क गर्न नदिएको भन्दै अनमाविय व्यवहार गदै दलित महिला रिंकुलाई सार्वजनिक स्थानमा जातिय गालीगलौज गर्दै घिसारेर लछारपछार पार्दै मरणासन्न कुटपिट गरेका थिए ।

आफुलाई सार्वजनिक स्थानमा अमानविय व्यावहार गर्दै कुटपिट गर्ने बिरुद्ध पिडित महिलाले इलाका प्रहरी मिर्चेयामा जर्बदस्ती करणी प्रयासको किटानी जाहेरी दिएकी थिइन ।

तर प्रहरीले लकडाउनको बहाना बनाउदै नियन्त्रणमा लिएको आरोपी गान्धीलाई हाजिरी जमानीमा छाडिदिएको छ ।

इप्रका मिर्चैयाका डिएसपी सन्तुलाल जयसवालले नियन्त्रणमा लिएको आरोपीलाई बोलाएको बेला हाजिर हुनेगरि छाडिदिएको र महिला अस्पतालबाट डिस्र्चाज नभैसकेकोले किटानी जाहेरी दर्ता नगरेको बताए ।

उनले महिला डिस्चार्ज भैसकेपछि यर्थाथ बुझेर मात्र जाहेरी दर्ता गर्ने नगर्ने निधो हुने बताए । डिएसपी जयसवालले भने , ‘ धेरै कुरा रहेछन महिला आएपछि वास्तविकता बुझेर मात्र निधो गर्छु ।,

स्थानिय दलित अधिकारकर्मी सञ्जय महराले आरोपी पहुँचवाला भएकोले प्रहरीले घटना ढाकछोप गरेर मिलापत्र गराउन खोजिरहेको हुनसक्ने बताए ।

तर उनले इप्रका मिर्चैयामा किटानी जाहेरी दर्ता नभए माथिल्लो तहमा गएर भएपनि जाहेरी दर्ता गराएरै छाडने बताए । आरोपी गान्धि साह नेकपा निकट युवा संघका केन्द्रिय नेता बैजनाथ साहका आफ्नै भान्जा हुन ।

आफुमाथि भएको हिँसाको प्रतिकार गर्दा मरणासन्न कुटपिटमा परेरे घाइते भएकी महिला अझै अस्पतालबाट डिस्र्चाज भैसकेकी छैनन ।

उनी अझै धनगढीनगरपालिका स्थित मेडिसिटी अस्पतालमा उपचारतर छिन । उनको टाउको र गर्धनमा चोट लागेको थियो । अस्पतालमा २५ हजार रुपैया शुल्क बुझाउनु पर्ने भएकोले उनी ऋण खोजिरहेकी छन ।

उनका एक बालक छोरी आफैसँग र दुई जना हजुरआमाकोमा छन । श्रीमान बैदेशिक हरिशरण महरा बैदेशिक रोजगारीमा गएका छन ।

श्रीमान हरिशरण महरा बैदेशिक रोजगारमा गएपछि तीन जना बालक छोराछोरीसँगै बस्दै आएकी रिंङकुलाई गान्धीले पटक पटक ‘ ५ सय रुपैया दिन्छु यौन सम्पर्क गर्न दे’ भन्दै फोनबाट यातना दिदै आएका थिए ।

फोन मार्फत यातना दिएपछि महिलाले उसलाई चेतावनी दिएकी थिइन । त्यही रिसमा १० बैसाख साँझ ७ बजेतिर गान्धीले रिंङकुलाई अपशब्द र जातिय गालीगलौज गर्दै लुगा च्यातेर घिसारेर कुटपिट गरेका थिए ।

कुटपिटका क्रममा गाान्धी साहले आफु खान्दानी र पावरफुल भएकोले तँ दलित महिलाले केही गर्न सक्दिनस भन्दै अमानविय व्यहार गर्दै कुटपिट गरेका थिए ।