Rumpum Advertisement

सोमबार मृत्यु भएकी २० वर्षीया युवतीको पीसीआर रिपोर्ट नेगेटिभ

Neuro Revised Adv
Koshi Dashain ad
सोमबार मृत्यु भएकी २० वर्षीया युवतीको पीसीआर रिपोर्ट नेगेटिभ

चितवन, १४ जेठ । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया युवतीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती युवतीलाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो ।

क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो ।

नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंका अनुसार मृतक युवतीको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शङ्खरापुर थियो ।

शव परीक्षणपछि उनका श्रीमान्लाई जिम्मा लगाइएको छ । रासस