Rumpum Advertisement

वीरगञ्जबाट थप ४३ जनाले जिते कोरोना भाइरस

Neuro Revised Adv
Koshi Dashain ad
वीरगञ्जबाट थप ४३ जनाले जिते कोरोना भाइरस

वीरगञ्ज, १२ जेठ । नारायणी अस्पताल वीरगञ्जस्थितबाट थप ४३ जना डिस्चार्ज भएका छन् । सोमबार दुई पकारसहित ४३ जना कोरोना जितेका हुन ।

कोरोना जितेकाहरु डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।

डिस्चार्ज भएकाहरुको दुई पटक पीसीआर परीक्षण गरिएको थियो । दुईवटै रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

आइतबार सोही अस्पतालमा बसिरहेका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए । डिस्चार्ज भएका १८ जना एकै परिवारका थिए ।