Rumpum Advertisement

यौन सम्पर्क प्रतिकारगर्दा दलित महिलालाई सार्वजनिक स्थानमा घिसार्दै यातना

Neuro Revised Adv
Koshi Dashain ad
यौन सम्पर्क प्रतिकारगर्दा  दलित महिलालाई  सार्वजनिक स्थानमा घिसार्दै यातना

लहान , ११ जेठ । श्रीमान बैदेशिक रोजगारमा गएपछि वालक छोराछोरीसँगै बस्दै आएकी एक दलित महिला जर्वदस्ती यौन सम्पर्क गर्न खोज्दा प्रतिकार गरेपछि अमानविय व्यावहार भोग्दै मरणसन्न कुटिएकी छन ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित सिसबाकटीका २४ बर्षिय गान्धी साहले यौन सम्पर्क गर्न नदिएको भन्दै अनमाविय व्यवहार गदै सोहि ठाउँकी दलित महिला २२ बर्षिया रिंकु महरालाई शनिवार साँझ मरणासन्न कुटपिट गरेका हुन ।

श्रीमान हरिशरण महरा बैदेशिक रोजगारमा गएपछि तीन जना बालक छोराछोरीसँगै बस्दै आएकी रिंङकुलाई गान्धीले पटक पटक ५ सय रुपैया दिन्छु यौन सम्पर्क गर्न दे भन्दै यातना दिदै आएका थिए ।

फोन मार्फत यातना दिएपछि महिलाले उसलाई चेतावनी दिएकी थिइन । त्यही रिसमा शनिवार साँझ ७ बजेतिर गान्धीले रिंङकुलाई अपशब्द र जातिय गालीगलौज गर्दै घिसारेर कुटपिट गरेका थिए ।

अनैतिक सम्बन्ध राख्न नमान्दा कल्याणपुर नगरपालिका अगाडि गान्धीले रिङकुल घिसार्दै लगेर लुगा च्यातिदिएर कुटपिट गरेका थिए ।

दलित अधिकारकर्मी सञ्जय महराका अनुसार हाल घाइते महिलाको धनगढीनगरपालिका स्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । उनको टाउको गर्धनमा गहिरो चोट लागेको छ ।

श्रीमान विदेश गएपछि बालक छोराछोरीसँग बस्दै आएकी दलित महिलालाई अमानविय याताना दिदै कुटपिट गरेपनि इलाका प्रहरी कार्यालय कल्याणपुरले गान्धिलाई नियन्त्रणमा लिएर समान्य सोधुपछी शनिवारै छाडन खोजेको थियो । तर स्थानियले चर्को बिरोध गरेपछि प्रहरीले गान्धिलाई हिरासतमै राखेको छ ।

पिडितको तर्फबाट जर्बदस्ती करणी , जातिय बिभेद र कुटपिटको आरोपमा प्रहरीमा किटानी जाहेरी दर्ता गराउने तयारी भैरहेको स्थानियवासी सञ्जय महराले बताए ।

आरोपी गान्धि साह नेकपा निकट सिरहा जिल्ला युवा संघका अध्यक्ष बैजनाथ साहका आफ्नै भान्जा हुन ।

गाान्धी साहले आफु खान्दानी र पावरफुल भएकोले कसैले केही गर्न नसक्ने भन्दै दलित महिलालाई अमानविय व्यहार गर्दै कुटपिट गरेका थिए ।

उनले कुटपिट गर्ने क्रममा महिलालाई गाली गर्दै भनेका थिए ,‘ दलित भएर तेरो यत्रो औकात मैले पैसा दिएर भनेपछि पनि तैले यौन सम्पर्क गर्न नदिने , जहाँ जान्छेस जा मलाई कसैले केही गर्न सक्दैन ।,’

प्रत्यक्षदर्शीका अनुसार ईलाका प्रहरी कार्यालय प्रमुख प्रमोद साहकै अगाडी पनि गान्धिले ‘तँ रण्डि होस ’भन्दै ज्यान मार्ने धम्की दिएका थिए ।

अधिकारकर्मी डिल्ले मिजारका अनुसार घटनालाई प्रहरीमा नलाउन युवा संघका अध्यक्ष मामा बैजनाथ शाहले स्थानिय र अधिकारकर्मीहरुलाई धाकधम्की दिइरहेका छन ।