Rumpum Advertisement

जनकपुरको कोरोना विशेष अस्पतालबाट भागे संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
जनकपुरको कोरोना विशेष अस्पतालबाट भागे संक्रमित

एजेन्सी, ११ जेठ । जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन् ।

मानसिक सन्तुलन ठीक नभएका सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै भागेका प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार फरार रहेका संक्रमितको खोजी कार्य भइरहेको छ । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए ।

उनले शनिबार मात्र उनले अस्पतालको सीसीटीभी क्यामेरा फुटाएका थिए ।

अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले उनी कतै लुकेको हुन सक्ने बताए । चारैतिर ताल्चा लागेकाले र उनी मानसिक रोगी भएकाले लुकेको हुन सक्ने उनको आशंका छ ।