Rumpum Advertisement

संक्रमित बढेसँगै लकडाउनमा थप कडाइ

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमित बढेसँगै लकडाउनमा थप कडाइ

सुर्खेत, १ जेठ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपाल सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने नागरिक तथा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

११ चैतदेखि ३१ वैशाखसम्म लकडाउन उल्लंघन गर्ने दुई हजार २८२ नागरिक र ६५१ सवारी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएकामध्ये ४०२ सवारी साधन ट्राफिक कारवाही गरेर छाडिएको २४९ प्रहरी नियन्त्रणमै रहेको सो कार्यलयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सवारीमा ५४६ मोटरसाइकल, ८१ चारपाङ्ग्रे र २४ अटो रहेको सूचना अधिकारी रायमाझीले बताए ।

उनका अनुसार प्रहरीले नागरिकलाई कारवाहीस्वरुप तीन घण्टासम्म सडकमै उभ्याउने, चोकमा राखेर कोरोना भाइरस र त्यसको विश्वव्यापी प्रकोपबारे जानकारी दिलाउनेसहित आत्मअनुशासित नागरिक हुन सिकाएको थियो ।

आजबाट पनि लकडाउन कडाइ गरिने कार्यालयले जनाएको छ । संक्रमित बढेसँगै लकडाउनमा कडाइ गरिने कार्यालयले जनाएको छ ।