Rumpum Advertisement

लकडाउनमा चितवनबाट घर फर्किएका थिए सप्तरीका संक्रमित युवक, थप परीक्षणका लागि गाउँ सिल

Neuro Revised Adv
Koshi Dashain ad
लकडाउनमा चितवनबाट घर फर्किएका थिए सप्तरीका संक्रमित युवक, थप परीक्षणका लागि गाउँ सिल

राजविराज, ३० बैशाख । सप्तरीमा सोमबार संक्रमण पुष्टि भएका युवकको गाउँ स्थानीय प्रशासनले सिल गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैल टोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

९ बैशाखमा चितवनबाट घर आएका ती युवकमा सोमबार कोरोना सङ्क्रमण देखिएको थियो ।

चितवनबाट आएका युवकलाई सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ स्थित कन्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण पुष्टि हुनु अघि नै उनलाई क्वारेन्टाइनबाट घर पठाइएको थियो ।

संक्रमण पुष्टि भएपछि युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

अस्पतालमा भर्ना गरी सङ्क्रमित युवकको टोल हटैल र उक्त गाउँका आसपास क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए ।

संक्रमित युवकको नमुना २५ बैशाखमा गरिएको थियो । रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट सिधै घर गएका युवकको पछि रिपोर्ट आउँदा कोरोना सङ्क्रमण देखिएपछि उनको परिवार र सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गर्नका लागि गाउँ सिल गरिएको ठाकुरले बताए ।