Rumpum Advertisement

सीमामा अलपत्र नेपालीको उद्दारको माग गर्दै भारतीय नेता धर्नामा

Neuro Revised Adv
Koshi Dashain ad
सीमामा अलपत्र नेपालीको उद्दारको माग गर्दै भारतीय नेता धर्नामा

भीमदत्तनगर, २७ बैशाख । सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीको उद्दार गर्न माग गर्दै भारतीय नेता धर्नामा बसेका छन ।

क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन माग गर्दै भारतको उत्तराखण्ड प्रदेश कांग्रेस आइका महासचिव भुवन कापरी खटिमामा शनिबार धर्नामा बसेका हुन ।

उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको नेपालीलाई भारतीय पक्षले निकालेको छ ।

करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा बढी नेपालीले कांग्रेस प्रदेश महासचिव कापरीले भोजनको व्यवस्थापन गर्न माग गरेका छन । नेपाली पुगेपछि नेता कपरी धर्ना बसेका हुन ।

“लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर धर्नामा दिइयो ।’ उनले भने “खटिमा क्षेत्रमा अलपत्र नेपाली भारतका विभिन्न ठाउँबाट पैदल आउने क्रम रोकिएको छैन ।”

अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् ।

उनीहरु कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी हुन ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमावर्ती भारतीय बजारमा नेपाली अन्यत्रबाट आइरहेको जानकारी रहेको बताए । रासस