Rumpum Advertisement

कञ्चनपुरमा विस्फोटक पदार्थ पड्किँदा ९ वर्षीय बालक घाइते

Neuro Ad
Koshi Dashain ad
कञ्चनपुरमा विस्फोटक पदार्थ पड्किँदा ९ वर्षीय बालक घाइते

कञ्चनपुर, २४ वैशाख । कञ्चनपुरमा विस्फोटक पदार्थ पड्किँदा ९ वर्षीय बालक घाइते भएका छन् ।

कञ्चनपुरको महाकाली नगरपालिकामा बिष्फोटक पदार्थ पड्किँ महाकाली नगरपालिका-३ दोधाराका ९ वर्षीय बालक महेन्द्र नेपाली घाइते भएका हुन् ।

छिमेकी गाउँ शान्तिटोलको पटेराघारीमा भेटिएको शंकास्पद बस्तु खेलाउने क्रममा पड्किएपछि उनी घाइते भएको महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले बताए ।

बुधबार शान्तिटोलमा खेल्न गएका बालक महेन्द्रले नौँलो बस्तु फेला पारेपछि समातेर ल्याउन खोज्दा विस्फोट भएको हो । विस्फोटबाट बालकका दुवै हातमा गम्भीर चोट लागेको र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए र

घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

स्थानीयका अनुसार, जंगली जनावर र माछा मार्न समेत सहज हुनेगरी उक्त क्षेत्रमा शिकारीले परम्परागत पट्किने बस्तु राख्ने गरेका छन् ।

जंगली जनावरलाई उक्त वस्तु खान दिएर चपाउने क्रममा मुखभित्रै पड्किने गरी तयारी अवस्थामा शिकारीले राखेको हुनसक्ने आशंका गरिएको छ ।

तर, प्रहरी र सेनाले भने कसले किन के उद्देश्यका लागि उक्त वस्तु त्यहाँ ल्याएर राखेको भन्ने विषयमा अनुसन्धान थालेको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र नाथ पौडेलले उक्त बस्तु बम नभई लो एक्सक्लोसिप वस्तु भएको बताए ।

प्रवक्ता पौडेलले घटनाको अनुसन्धान भइरहेको र उक्त वस्तु राख्ने समुह तथा व्यक्तिको खोजीकार्य भइरहेको बताएका छन् ।