Rumpum Advertisement

लकडाउन उल्लंघन गरेका सवारीलाई एक हजार जरिवाना

Neuro Revised Adv
Koshi Dashain ad
लकडाउन उल्लंघन गरेका सवारीलाई एक हजार जरिवाना

सुर्खेत, २३ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन जारी लकडाउन उल्लघंन गरेका मोटरसाइकल र अन्य सवारीहरूलाई सुर्खेत प्रहरीले छोड्न शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार चैत महिनाभरि लकडाउन उल्लंघन गरेका झण्डै चार सय सवारी साधन छाड्ने प्रक्रिया सुरु भएको हो

उनका अनुसार नियन्त्रणमा लिएका सवारीहरूबाट प्रतिसवारी एक हजार जरिवना गरिएको छ ।

लकडाउनको फेरि उल्लंघन गरे सोहीअनुसार कारवाही गर्ने चेतावनी दिएर प्रहरी कार्यालयमा रहेका सबै सवारी सम्बन्धित सवारी धनीको जिम्मा लगाइरहेको उनको भनाइ छ ।