Rumpum Advertisement

महोत्तरीको एकै गाउँमा दश दिनभित्र १२ जनाको मृत्यु भएपछि वरिपरि त्रास

Neuro Revised Adv
Koshi Dashain ad
महोत्तरीको एकै गाउँमा दश दिनभित्र १२ जनाको मृत्यु भएपछि वरिपरि त्रास

महोत्तरी , २१ बैसाख । दुई नम्बर प्रदेशको महोत्तरी जिल्लाको एकै गाउँमा १२ जनाको धमाधम मृत्यु भएपछि वरिपरि त्रास बढेको छ ।

भँगहा नगरपालिकामा ६ र ७  मा रहेको मेघनाथ गोरन्ना बस्तीमा गत १० दिनमा १२ जनाको लगालग मृत्यु भएपछि वरिपरि त्रास बढेको हो ।

१० दिन यता त्यहाँ ५५ वर्षीय महेन्द्र चौधरी, ४४ वर्षीय मोहन चौधरी, ५५ वर्षीय नथुनी महरा, ५५ वर्षकै लालबाबु सिंह, ४० वर्षीय सिकिन्द्र सिंह, ५७ वर्षीय सुकदेव महरा, ४८ वर्षीय पलट साह, ५८ वर्षीय रुपनारायण सिंह दनुवार, ५५ वर्षीय गंगाराम सदा, ३० वर्षीय सोकिन्द्र मण्डल, ५५ वर्षीया सोमनीदेवी बाँतर र ५५ वर्षीय मोतिलाल प्रजापतिको  मृत्यु भैसकेको छ ।

घटना शंकास्पद देखिएपछि स्वास्थ्य मन्त्रालयले छाविनकालागि बिशेषज्ञ टोली पठाएको महोत्तरी जिल्ला प्रशासनले जनाएको छ ।

इपिमिडियोलोजी तथा सरुवा रोग महाशाखाका र डब्लुएचओका दुई जना चिकित्सक शनिवारदेखी स्थलगत अनुसन्धान लागेका छन ।

केहीले बिषालु रक्सी सेवन गर्दा मानिशरुको मृत्यु भएको आशंका गरेका छन भने केहीचाँही कोरोना भाइरस संक्रमण त भएको हैन भनेर त्रसित छन ।

प्रशासनले मृतकहरु सबैको कोरोना परीक्षण गराउने तैयारी गरेको छ । महोत्तरीका सिडिओ सुर्यबहादुर खत्रीले परीक्षणका क्रममा मृत्युहुनेहरुमा कोरोना नदेखिएकोले बिषाक्त्त मदिरा सेवन गरेरै मृत्यु भएको हुनसक्ने शंका बलियो छ ।

तर मदिरा सेवन नगर्नेहरु पनि मरेकोले घटना शंकास्दनै रहेको सिडिओ खत्रीले बताए । भने , स्वाथ्य टोली र प्रहरी अनुसन्धानमा खटिरहेको छ बिश्लेषणपछि मात्रै कारण टुंगो लाग्नेछ ।,