Rumpum Advertisement

कोरोना संक्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास

सिरहा, १९ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएपछि नेपाली सेनाले कोरोना संक्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ ।

कोरोना संक्रमितको सख्या बढ्दै गएको अवस्थामा कोरोना संक्रमित मृतकको सख्यामा वृद्धि भई भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरअन्तर्गत सिरहाको चोहर्वास्थित शेर गण ब्यारेक हाताभित्र कोरोना भाइरस संक्रमित मृत शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको हो ।

उक्त ‘डेमोष्ट्रेसन’ कार्यक्रममा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईं, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

डेमोष्ट्रेसन कार्यक्रम विशेषतः प्याटेन्ट रिसिभर टिम (पिआरटी)ले शङ्कास्पद सङ्क्रमित भेट्दा गरिने कारवाही, कोरोना सङ्क्रमित मृत शरीरको व्यवस्थापन गर्ने तरिका र एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रीत रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईंले जानकारी दिए ।