Rumpum Advertisement

थप तीन जना भेटिएपछि कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’

Neuro Revised Adv
Koshi Dashain ad
थप तीन जना भेटिएपछि कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’

जनकपुरधाम, १७ बैशाख । प्रदेश २ मा बुधबार थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ ।

बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नम्बर ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बुधबार पत्रकार सम्मेलनमा बताए ।

१४ वैशाखमा वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनै जनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो ।

मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र वडा नम्बर ७ का ४३ वर्षीय युवकलाई सिमरास्थित अस्थायी विशेष क्वारेन्टाइन अस्पतालमा राखिएको थियो ।

दुवैलाई वीरगञ्जको छपकैयामा ल्याएर स्वाब सङ्कलन गरिएको थियो । यी दुवै जना भारतको एक धार्मिक कार्यक्रममा सहभागी भएर फागुन २८ गते फर्के थिए । एकतीस वर्षीय युवक मस्जिदमा र ४३ वर्षीय व्यक्ति आफ्नै घरमा बसेको सचिव डा. घिमिरेले जानकारी बताए ।

१४ बैशाखमा कोरोना पुष्टि भएका व्यक्तिको विवरणको आधारमा वीरगञ्ज–२ बस्ने ४६ वर्षीय व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको थियो ।

तीनै जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यस प्रदेशमा अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना सङ्कलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ ।