Rumpum Advertisement

सप्तरीमा साथीको हत्या गर्ने तीन जना पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
सप्तरीमा साथीको हत्या गर्ने तीन जना पक्राउ

सप्तरी, १७ बैशाख । नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा बुधबार सप्तरीमा तीनजना पक्राउ परेका छन् ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले ३० फागुनमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई हत्या गरेको अभियोग उनीहरुलाई पक्राउ गरिएको बताए ।

मृतकका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा दिएको उजुरी बुधबार दर्ता गरिएको छ ।

प्रहरीका अनुसार सँगै नशा सेवन गरेका साथीहरूले सामान्य विवादमा स्वर्णकारलाई कुटपिट गरी हत्या गरेका हुन् ।

पक्राउ परेका आरोपितले प्रहरीसँगको प्रारम्भिक बयानमा चारजना सँगै बसेर सोनपिच नामक सुलेसन पिएको र चोरी गर्न जाने क्रममा विवाद भएपछि तीनजना मिलेर कुटपिट गर्दा मृत्यु भएपछि बोरामा हालेर झाडीमा मिल्काएको बताएका छन् ।