Rumpum Advertisement

सप्तरीमा छरिएको अवस्थामा पैसा भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
सप्तरीमा छरिएको अवस्थामा पैसा भेटियो

सप्तरी, १६ वैशाख । सप्तरीमा बाटोमा छरिएको अवस्थामा पैसाका नोटहरू फेला परेको छ ।

तिरहुत गाउँपालिका–८ गोइठीमा पैसाका नोटहरू छरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान केही नोट छरिएको अवस्थामा फेला परेको हो ।

उनका अनुसार उक्त ठाउँबाट ५, १०, २०, ५० र १०० रुपैयाँको नोटहरू २ सय ७५ रुपैयाँ छरिएको अवस्थामा फेला परेको हो ।

उक्त नोटहरू प्रहरी चौकी डिमनबाट खटिएको प्रहरी टोलीले सुरक्षित साथ राखेको बता नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

स्थानीयले सोमबार राति नै वस्तीमा नोट छरिएको देखेपछि बिहान प्रहरीलाई खबर गरेका थिए ।