Rumpum Advertisement

बच्चाको झगडालाई लिएर कुटाकुट, एक महिलाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बच्चाको झगडालाई लिएर कुटाकुट, एक महिलाको मृत्यु

सर्लाही, १६ वैशाख । सर्लाहीमा बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो ।

सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको हो ।

कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिए ।

मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ । रासस