Rumpum Advertisement

लकडाउनमा रुख काट्दै गर्दा पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
लकडाउनमा रुख काट्दै गर्दा पक्राउ

जलेश्वर, १५ वैशाख । कोरोना भाइरसको जोखिम हुन दिन लकडाउन जारी रहेका बेलामा रुख काट्दै गर्दा एक जना पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालयले तिनकोसे जङ्गलमा रुख काट्दै गरेका अवस्थामा ४५ वर्षीय झोकिलाल लामालाई पक्राउ गरेको हो ।

बर्दिवास नगरपालिकाअन्तर्गत पर्ने माइस्थान चेरुका झोकीलाल पक्राउ परेको सो कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए ।

तिनेकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई सहायक वन अधिकृत ओमविक्रम खड्काको नेतृत्वमा खटिगएको सशस्त्र वन सुरक्षाकर्मीसहितको टोलीले आज नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले बताए ।