Rumpum Advertisement

१४ वर्षिय बालकमा पनि कोरोना पाेजेटिभ

Neuro Revised Adv
Koshi Dashain ad
१४ वर्षिय बालकमा पनि कोरोना  पाेजेटिभ

काठमाडौं, ११ बैशाख । नेपालमा १४ वर्षिय बालकमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालकमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

उनी नेपालका कम उमेरका पहिलाे कोरोना संक्रमित हुन ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बिहीबार १४ वर्षीय बालकसँगै उदयपुरकी ५५ वर्षिय महिलामा पनि कोरोना देखिएको बताए ।

बिहीबार नै दुई जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन ।

यो सँगै नेपालका कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । जस मध्ये ९ जना निको भइसकेका छन ।