Rumpum Advertisement

महोत्तरीमा प्रेमीसँग मिलेर देवरको हत्या गरेको अभियोगमा भाउजू कारागार चलान

Neuro Revised Adv
Koshi Dashain ad
महोत्तरीमा प्रेमीसँग मिलेर देवरको हत्या गरेको अभियोगमा भाउजू कारागार चलान

महोत्तरी, ९ वैशाख । महोत्तरीमा प्रेमीसँग मिलेर देवरको हत्या गरेको अभियोगमा भाउजूलाई कारागार चलान गरिएको हो ।

महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई जिल्ला अदालतले कारागार चलान गरेको हो ।

पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि मंगलबार कारागार लगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते देवर १३ वर्षीय मजिबुको घाँटी थिचेर हत्या गरी शव घर नजीकै रहेको कब्रस्तानमा गाड्न लगिरहेका अवस्थामा स्थानीयवासी सदिक मोमिनले घटनाबारे जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।