Rumpum Advertisement

लुकिछिपी नेपाल प्रवेश गरेका १५ भारतीयको रिपोर्ट ‘नेगेटिभ’

Neuro Revised Adv
Koshi Dashain ad
लुकिछिपी नेपाल प्रवेश गरेका १५ भारतीयको रिपोर्ट ‘नेगेटिभ’

महोत्तरी, ८ वैशाख । लकडाउनका अवस्थामा लुकिछिपी नेपाल प्रवेश गरेका १५ भारतीयको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

२२ चैत राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको हो ।

करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र्‍यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो ।

भारत, उत्तर प्रदेश राज्यको एक मदरसामा पढ्दै गरेका तिनीहरू बहेडा गाउँका एक साथीसँग आआफ्ना घर फर्किने क्रममा भारत बिहारको सीतामढीमा लकडाउनका कारण घर जान नसकेपछि साथीसँगै महोत्तरीको बहेडामा आएर बसेका थिए ।

चैत २२ गते राति आएर बसेका ती किशोरलाई महोत्तरी जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहयोग एवं समन्वयमा छुट्टै घरमा क्वारेन्टाइन बनाई राखिएको थियो ।

उनीहरूको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका ल्याब टेक्निसियन शम्भु कुशवाहाले बताए ।

टेक्निसियन कुशवाहाका अनुसार १३ देखि १८ वर्ष उमेरका ती किशोरको अवस्था सामान्य छ । रासस