Rumpum Advertisement

प्रदेश २ : पर्सामा धेरै परीक्षण

Neuro Ad
प्रदेश २ :  पर्सामा धेरै परीक्षण

जनकपुर, ७ बैशाख । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कोरोना भाइरसको ¥यापिड डायगोनेष्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ । प्रदेशमा शनिबारसम्म एक हजार ८३६ को परीक्षण गरिएकामा सबैभन्दा बढी पर्साका ९२३ कोे परीक्षण गरिएको हो ।

अन्य जिल्लातर्फ सप्तरमा २८७, सिरहामा ११०, धनुषामा ५४ र महोत्तरीमा ५४ जनाको आरडिटी परीक्षण गरिएको प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरेले जानकारी दिए । यस्तै, सर्लाहीमा ६८, बारामा ६२ र रौतहटमा २६८ जनाको आरडिटी परीक्षण गरिएको छ ।

सर्लाहीको धनकौंल–५स्थित जनता माविको क्वारेन्टाइनमा बसेको १४ वर्षीय एक किशोरको आरडिटी रिपोर्ट पोजिटिभ भएको र उनको स्वाब परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको सचिव डा।घिमिरेले जानकारी दिए ।

प्रदेशअन्तर्गत आठवटै जिल्लामा हालसम्म एक हजार २६५ जना क्वारेन्टाइनमा, एक हजार ६७७ जना होम क्वारेन्टाइन र १४ जना आइसोलेशनमा रहेका छन् । रासस