Rumpum Advertisement

भारतीय सुरक्षाकर्मीले दशगजामा ल्याएर अलपत्र छाडिदिए नेपालीहरुलाई

Neuro Revised Adv
Koshi Dashain ad
भारतीय सुरक्षाकर्मीले  दशगजामा ल्याएर अलपत्र छाडिदिए नेपालीहरुलाई

सर्लाही , ५ बैसाख । बिभिन्न स्थानमा क्वारेन्टाइमा राखिएका डेढसय नेपालीहरुलई भारतीय सुरक्षाकर्मीहरुले सर्लाही जिल्लाको दशगजामा ल्याएर छाडिदिएका छन ।

रोजगारीकालागि गएका र फर्कने क्रममा बिभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका एक सय २३ जना नोपालीलाई भारतीय सुरक्षाकर्मीले सर्लाहीको सीमा क्षेत्रको दशगजामा ल्याएर छाडिदिएका हुन ।

सर्लाहीका एसपी विनोदराज श्रेष्ठले  भारतीय सुरक्षाकर्मीहरुले उनीहरुलाई बिहीबार राति ट्रकमा हालेर भाडसर–कनौली नाकास्थिन्देही खोलामा छाडिदिएका थिए ।

नेपाली प्रशासनको आग्रहमा क्वारेन्टाइनमा राखिएपनि भारतीय सिमा सुरक्षा बलले उनीहरुलाई यहाँबाट नेपाल जाओ भन्दै ल्याएर राती अलपत्र छाडिदिएका थिए ।

उनीहरुलाई पुन भारतीय प्रशासनको जिम्मा लगाउन सर्लाही प्रशासनले पहल गरिरहेको छ ।