Rumpum Advertisement

आँप उत्पादन बढ्ने सङ्केतः औषधि नपाएपछि चिन्ता

Neuro Revised Adv
Koshi Dashain ad
आँप उत्पादन बढ्ने सङ्केतः औषधि  नपाएपछि  चिन्ता

महोत्तरी, २ बैशाख । यो वर्ष आँपको उत्पादन बढ्ने भएको छ । महोत्तरीसहित तराईका जिल्लामा आँप उत्पादनमा वृद्धि हुने भएको हो।

आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् ।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव भएको छ । आँपमा छर्न नपाएपछि मधुवा किराको प्रकोपले मज्जर र चिचिला झर्ने र उत्पादन घट्ने हो कि भन्ने चिन्ता समेत थपिएको छ ।

किसानहरु भन्छन, “माघ गुज्रियो, फागुनमा आँपमा मज्जर (फूल) लाग्यो र चैतमा अत्यधिक टिकोला (चिचिला) देखिनु उत्पादन बढने सङ्केत हो ।

तर कडाउनका कारण औषधि छर्न नपाएपछि मधुवा किराको प्रकोपले उत्पादन घट्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ ।

लकडाउनका कारण किसानहरुले बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गर्न समेत पाएका छैनन् ।

मधुवा रोगको दीर्घकालिन समाधानका लागि सरकारी स्तरबाट हालसम्म कुनै प्रयास भएको देखिदैन ।

लकडाउनका कारण प्राविधिक पहुँचबाट बञ्चित रहेका महोत्तरीका किसानहरु मधुवा रोगबाट बच्नका लागि बजारमा औषधिसमेत खरिद गर्न सकिएको छैन् ।