Rumpum Advertisement

सुदूरपश्चिमका सबै जिल्लामा र्‍यापिड टेस्ट किटबाट परीक्षण थालियो

Neuro Revised Adv
Koshi Dashain ad
सुदूरपश्चिमका सबै जिल्लामा र्‍यापिड टेस्ट किटबाट परीक्षण थालियो

काठमाडौं, २९ चैत । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन र्‍यापिड टेस्ट सुरु गरिएको छ ।

शनिबारबाट बझाङ र दार्चुलामा पनि र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण थालिएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयले यी दुई जिल्लामा र्‍यापिड टेस्ट सुरु भएसँगै प्रदेशभरी नै टेष्ट सुरु भएको बताए ।

उनकाअनुसार सुरुमा स्थानीय तहको क्वारेन्टाइनमा राखिएका सबैको परीक्षण गरिनेछ । दोस्रो चरणमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुनेछ । तेस्रो चरणमा लक्षण देखिएकाहरुमा पनि परीक्षण गर्ने तयारी छ ।

कैलालीको धनगढी उपमहानगपालिका–५ मा स्थानीयलाई समेत संक्रमण भएको पाइएपछि सुदूरपश्चिम प्रदेशलाई नै जोखिममा रहेको प्रदेश मानिएको छ ।