Rumpum Advertisement

आगराबाट सातदिन सातरात साइकल चढेर नेपाल, क्वारेन्टाइनको बसाइपछि बल्ल घर

Neuro Revised Adv
Koshi Dashain ad
आगराबाट सातदिन सातरात साइकल चढेर नेपाल, क्वारेन्टाइनको बसाइपछि बल्ल घर

कञ्चनपुर, २९ चैत । साइकलमा एक व्यक्ती भारतको उत्तरप्रदेशको आगराबाट नेपाल आएका छन् ।

परिवारको खर्च जुटाउनका लागि भारतको उत्तरप्रदेशको आगरा पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कडेरा राना साइकलमै नेपाल आएका हुन । उनी सात दिन सात रात साइकल कुदाएर नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

चार महिना अघि भारत पुगेका उनले बीचमै काम छाडेर घर फर्कनु पर्ला भनेर सोंचेका थिएनन् । कोरोना भाइरसको संक्रमण बढेपछि भारतका सबै क्षेत्रमा लडकडाउनको असरले काम बन्द भयो ।

लकडाउनका कारण उनको रोजगारी गुम्यो ।

कमाएको पैसाले खान नपुग्ने भएपछि उनी नेपाल आउने निधो गरे । घर फर्कनका लागि सवारी साधान सञ्चालनमा थिएनन् । रानाले काम गर्दै आएको विद्यालयको पुरानो साइकल थियो । सोही साइकल चढेर उनी नेपाल आए ।

‘आगरा बाट साइकल रात दिन चलाउनु पर्यो ।’ उनले भने ‘एक दुई घण्टा सडक छेउमै सुस्ताउँथे । पुनः साइकल चलाएर सडकमा हिडे ।’

बाटाेमा पसलबाट बिस्कुट, नमकिनलगायत खाद्य सामग्री खरिद गरी भोक टार्नु पर्ने उनको बाध्यता थियो ।

सात दिन सात रात लगाएर आगराबाट राना साइकल चढेर सीमानाका आइपुगेका थिए । तर नेपाल भारततर्फका सीमा नाका पुरै बन्द थियो ।

उनले नेपाल प्रवेश पाएनन् । रातको समयमा भारतीय शुरक्षाकर्मीको आखाँ छल्दै महाकाली नदी तरेर नेपाल प्रवेश गरे ।

तर आगरामा कोरोना भाइरसका संक्रमित व्यक्तिका सङ्ख्या आधा दर्जन पुगेको कुरा गाउँका धेरै जनाले भारतीय सञ्चारमाध्यममा सुनेका थिए ।

वनसमिति बजारमा भारतबाट फर्कँदै गरेका रानाका लागि केही गाँउले कुरेर बसेका थिए । उनलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नका लागि लगियो ।

राना चैत २१ गतेदेखि क्वारेन्टाइनमा बसेका उनी बिहीबार घर फर्किएका छन् । रासस